साप्ताहिक संवाददाता
फाल्गुन २०, २०७३
लायन्स क्लब अफ काठमाडौं टेम्पलले दृष्टिविहीनहरूका लागि उज्यालो उत्सव–२०७३ शीर्षकको सांगीतिक कार्यक्रम आयोजित गर्ने भएको छ। टेम्पलले अँध्यारोबाट उज्यालोतिर भन्दै दृष्टिविहीन बालबालिकाका लागि भवन निर्माणार्थ उक्त उत्सवको आयोजना गर्न लागेको हो ।
मिति : फागुन २१ गते शनिवार
स्थान : आर्मी अफिसर्स क्लब, भद्रकाली
कलाकार : राजेशपायल राई, पशुपति शर्मा, रमेशराज भट्टराई, मौसमी गुरुङ, जीवनपरियार, देविका वन्दना, सुनिता गुरुङ, सुरसुधा, गौरी मल्ल, रिश्ता बस्नेत, मेनुका गुरुङ, दिपेन्द्र तिमिल्सिना, शैलेन्द्र सिम्खडा, ज्योति काफ्ले (नक्कली बाबुराम) तथा विपना बस्नेत (नक्कली हिसिला) ।
कार्यक्रम सञ्चालक : जितु नेपाल