साप्ताहिक संवाददाता
मिलन अमात्य, गायिका
सांगीतिक कार्यक्रमका क्रममा थुप्रै देशका दर्जनौं सहरको भ्रमण गरिसकेकी गायिका हुन्– मिलन अमात्य । गायिका अमात्यले साप्ताहिकमार्फत आफूलाई मनपरेका सहरको चर्चा गरेकी छिन् ।
हङकङ
म थुप्रै पटक पुगेको सहरमध्ये एक हो– हङकङ । त्यहाँको रात्री जीवनले मलाई असाध्यै लोभ्यायो । विकासको त वर्णन गर्ने शब्द नै छैन ।
लन्डन
विश्वकै सबैभन्दा महँगो सहर भनिए पनि मलाई लन्डनका ऐतिहासिक भवनहरूले लोभ्याए । प्राय: चिसो भैरहने उक्त सहरको बीचबाट बग्ने नदीले सहरको सौन्दर्य बढाएको छ ।
सोल
दक्षिण कोरियाको राजधानी सोल पनि मलाई उत्तिकै मन परेको सहर हो । सोल व्यस्त भए पनि सफा र सभ्य सहर हो ।
सिड्नी
अस्ट्ेरलियाको सबैभन्दा ठूलो सहर सिड्नी आधुनिकतासँगै प्राकृतिक रूपले समेत सुन्दर छ । नेपालीहरूको बाक्लो उपस्थितिले यो सहर पुग्दा नेपालमै छु कि जस्तो लाग्छ ।
काठमाडौं
नेपालको राजधानी काठमाडौं हरेक कुराले राम्रो लाग्छ । मुख्यत: यहाँको मौसम राम्रो छ । यो सहर जाडो र गर्मी दुवै मौसममा मलाई उत्तिकै प्रिय लाग्छ ।
आसाम
भारतको आसामसँग मेरो बेग्लै नाता छ । फुर्सद भएका बेला म आसाम पुगिरहन्छु । मलाई त्यहाँको रहनसहनले लोभ्याउँछ ।
फ्रयाङ्कफर्ट
जर्मनीको फ्रयाङ्फर्टले पनि मलाई उत्तिकै लोभ्याएको छ । युरोपको यो प्राचीन सहर ऐतिहासिक महत्वको छ ।