मह यात्राको टोलीले पर्यटकीय नगरी सौराहामा आफ्नो प्रस्तुती प्रदर्शन गरेका छन् । बुटवल हुदै आएको हांस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको प्रस्तुती हेर्न नारायणगढ, भरतपुरदेखि विदेशी दर्शक समेत उपस्थिती रहेका थिए । मह जोडिले ‘नेवारबहादुर र बाहुनबहादुर’ शिर्षकको प्रहसन प्रस्तुत गरेका थिए ।
मह जोडीको ‘म डनको फोटो स्टुडियो’ शिर्षकको प्रहसनले पनि दर्शकलाई हंसायो । अधिकांश दर्शक मह जोडिको प्रहसन पहिलोपटक प्रत्यक्ष हेर्न पाएको भन्दै दंग देखिन्थे । जोडिलाई नरेन्द्र कंसाकार र मोहितबंश आचार्यले साथ दिएका थिए । जोडीसंंगै रहेका हांस्य कलाकार किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेलले ‘बोर्डर चेक पोष्ट’ शिर्षकको प्रहसन मार्फत दर्शकलाई हंसाउन सफल भए । भारतले नेपाली भूमि मिचेको प्रति ब्यंग्य गरिएको प्रहसन दर्शकले मन पराए । उता गायिका माण्डवी त्रिपाठिले दर्शकका रोजाईका गीत गाउंदै मनोरञ्जन दिलाईन । रुविना अधिकारीको नृत्य र गायक यमन श्रेष्ठको गीत दर्शककालागि नौलो लाग्यो । कार्यक्रमको अन्त्यतिर किरण केसीले २ वटा गीत गाउंदै दर्शकलाई नयाँपन दिए ।
होटल संघ नेपालको संयोजकत्वमा प्रदर्शन गरिएको कार्यक्रमबाट संकलित रकम संरक्षण, छात्रबृत्ति, पुस्तकालय निर्माण लगायत कार्यमा खर्च गरिने छ । फागुन १३ गते पोखराबाट सुरु यात्रा भैरहवा, धनगढी, महेन्द्रनगर, नेपालगञ्ज, बुटवल, सौराहा, विराटनगर, बिर्तामोड हुदै मगलवार धरानमा पुगेर समापन हुने छ ।