साप्ताहिक संवाददाता
चिनियाँ मोवाइल कम्पनी साओमीले नेपाली बजारमा नयाँ मोडल मि मिक्सलाई भित्राएको छ ।
वत्सल इम्पेक्सले नेपाली बजारमा ल्याएको उक्त सेट अन्य स्मार्ट फोनको तुलनामा ५ गुणा बढी क्षमताको रहेको छ ।
यो मोडलको सेटमा ६ जिवी र्याम र २ सय ५६ जिवी इन्टरनल मेमोरी रहेको छ । सेरामिक बडी रहेको यो सेट फिंगर सेन्सरको मद्धतले खोल्न मिल्ने हुनाले डाटाको पूर्ण सुरक्षा समेत हुने गर्छ । फोर के भिडियो हेर्न मिल्ने यो सेटको डिस्प्ले ६ दशमलब ४ इन्च रहेको छ । एज डिस्प्ले रहेको यो सेटको फ्रन्ट क्यामेरा ५ मेगा पिक्सेल र रिअर क्यामेरा १६ मेगा पिक्सेलमा एफ टु स्टप रहेको छ । यो सेटको ब्याट्रि क्षमता पनि बढी रहेको छ ।
४ हजार ४ सय एमएएच क्षमता रहेको यो सेटको ब्याट्रि सेट आइडल रहेको अवस्थामा २ सय ५६ घन्टा टिकाउ हुन्छ । अन्य सेटको तुलनामा चार गुणा चाडो चार्ज हुने यो सेटको मुल्य ८९ हजार ९ सय ९९ रूपैंया रहेको छ ।