साप्ताहिक संवाददाता
काठमाडौंमा पानीको अभाव भएर हुनसक्छ, युवाहरूमा चेतना बढेर पनि हुनसक्छ अथवा बेलुनको भाउ बढेकाले हुनसक्छ ।
गजित विष्ट, अभिनेता
लोला हान्ने भोलाहरू बिदेसिएकाले ।
आनन्द कार्की, गायक
मेलम्चीको पानी आइनपुगेर ।
अर्जुन तिवारी, छायाँकार
प्रहरी प्रशासन कडा रूपमा प्रस्तुत भएकाले ।
गम्भीर विष्ट, नृत्य निर्देशक
जनचेतना अभिवृद्धि भएकाले ।
सुजन सुवेदी, फेसन व्यवसायी
काठमाडौंमा पानीको अभाव भएकाले । हिजोआज त धेरैले फेसबुकबाटै होली मनाउँछन् ।
केकी अधिकारी, अभिनेत्री
यता लोला बर्सायो, उता प्रहरीले गोला बर्साउँछन् नि त ।
निराजन लुइँटेल, मोडल/कोरियोग्राफर
मानिसहरू ‘सिभिलाइज्ड’ भएका हुन् कि ?
प्रभात रिमाल, इभेन्ट व्यवस्थापक
पानी नभएर, अब मेलम्ची आएपछि हान्छन् रे ।
रवीन्द्रसिंह बानियाँ, अभिनेता/निर्माता
मानिसहरूले फरक ढंगले होली मनाउन थाले । सामाजिक सञ्जालमा व्यस्त रहेकाले लोला हान्न जाने फुर्सद कसैलाई नभएर पनि हो ।
अमृत ढुंगाना, अभिनेता
पहिलेको तुलनामा सुरक्षा व्यवस्था कडा भएको अनि लोला हान्नु हुँदैन भन्ने जनचेतना बढेकाले पनि हो ।
सुशन कँडेल, म्युजिक भिडियो निर्देशक
भर्चुअल खेलमा रम्न थालेपछि युवाहरूले लोलामा झुम्न बिर्सदै गएका छन् ।
अनिल स्थापित, ग्राफिक डिजाइनर
पानीको अभाव भएर ।
विशारद बस्नेत, रंगकर्मी
मैले होली नखेलेर ।
सम्पदा बानियाँ, अभिनेत्री
हिजोआज सबै फेसबुकमा लोला हान्न व्यस्त छन् । किन पानी र समय बर्बाद गर्ने भनेर नि । मानिसहरू भगवान्लाई त सामाजिक सञ्जालबाट ढोग्न थालेका छन् भने होली र लोला पनि त्यस्तै भैसकेको छ ।
वर्षा बस्नेत, सञ्चारकर्मी
जुकरबर्गले गर्दा, सबै उसले बनाएको फेसबुकमै बिजी छन् ।
जया शर्मा, भिज्युअल आर्टिस्ट
कम भएको छ र ? खोइ मलाई त त्यस्तो लाग्दैन ।
शेखर बगाडिया, गायक
आकर्षक युवतीहरू चिटिक्क परेर हिंडून् अनि थाहा हुनेछ, कम भएको छ कि बढी ?
आरोही शर्मा, अभिनेत्री
धूलो नउडोस् भनेर सडकमा पानी छम्कन नै पानी पुगेको छैन, लोला हान्न कहाँबाट ल्याउने पानी ? काठमाडौंको धूलोले खत्तम पार्ने भो भनेर आत्तिने हामी अब धूलोले गर्दा लोला हान्ने एउटा विकृति त कम भयो भनेर खुसी पो हुनुपर्छ ।
प्रदीप भट्टराई, निर्देशक
कम भएको होइन, लोला हानेर रमाइलो गर्ने काका र दादाका पुस्ता बिदेसिइसके । भाइ–भतिजाको पुस्तालाई लोला हान्न पनि उनीहरूले नै सिकाउनुपर्ने थियो । भाइ–भतिजाको पुस्तालाई सोसियल साइट चलाउँदै फुर्सद छैन ।
आसिफ शाह, निर्देशक
जनमानसमा बढ्दो चेतना अनि यस्ता गतिविधिमाथि सरकारको कडा रवैया ।
सन्तोष सेन, निर्माता
खोइ, भएको हो र ? हेक्का भएन ।
अर्जुन पोखरेल, संगीतकार
बाटोमा हिंडिरहेका केटीलाई ताकेर लोला हान्ने केटाहरूले केटीको प्रतिवाद सहन सकेनन् कि प्रहरीको रामधुलाइ, त्यही कारणले कम भएको हो । कमसेकम चाडपर्वका नाममा हुने एउटा विकृति त कम हुँदै गएको छ ।
निशा अधिकारी, अभिनेत्री
पहिले लोला हान्छन् भनेर हप्तौं दिनदेखि स्कुल–कलेज बन्द हुन्थे, अहिले हुँदैनन् । कुरो आफंै बुझ्नुहोस् ।
यम बराल, गायक
राम्रोसँग होली खेल्न नपाएको पनि धेरै भयो, कम भएको हो कि होइन यसै भन्न सक्दिनँ ।
प्रियंका कार्की, अभिनेत्री