चैत्र ३, २०७३
रेस्लिङमा खेलभन्दा पनि बढी नाटक हुन्छ । यही कारणले पनि रेस्लिङ मन पराउने धेरै छन्, तर रेस्लिङमा गरिने स्टन्ट सधैं सुरक्षित भने हुँदैनन्, कहिलेकाहीं यो निकै खराब दुर्घटनामा परिवर्तन हुन सक्छ । यस्तै घटना हालै मेक्सिकोमा घटेको छ । सान्ग्रे जुनियर ती दुर्भाग्यशाली खेलाडी हुन् जसलाई विपक्षी खेलाडीले उठाएर आगोमा फ्यालेका थिए, तर उनी आगोबाट तुरुन्तै अगल हुन सकेनन् र अन्तत: थर्ड डिग्री बर्नको सिकार भए । उनी आगोमा जलिरहँदा दर्शकहरूलाई लागेको थियो, यो पनि रेस्लिङकै एउटा भाग हो, तर त्यो स्टन्ट निकै खराव मोडमा पुगेको दर्शकले मात्र होइन, अरूले पनि धेरै पछि मात्र थाहा पाए । जति बेला उक्त दुर्घटनाको जानकारी अरूलाई भयो, त्यतिबेलासम्म निकै ढिलो भैसकेको थियो । सान्ग्रे जुनियरले रिङमा आगोसँग संघर्ष गरेको दृश्य अहिले भाइरलसमेत भएको छ ।