चैत्र ५, २०७३
चीनमा खानाका रूपमा शताब्दीऔं पुरानो अण्डा खाने चलन छ । हजारौं वर्ष पुरानो अण्डालाई पकाएर खाने यो चलनमा व्यवसायिकता आएपछि अहिले हजारौं वर्ष पुराना अण्डाको सट्टा केही वर्ष पुराना अण्डाका परिकार बन्न थालेका छन् । हाँस वा कुखुराको अण्डालाई खरानी, माटो र नुनको धुलोमा महिनौं राखिन्छ । यसरी राख्दा अण्डाको सेतो भाग खैरो रंगमा र पहेंलो भाग खैरो वा हरियो क्रिममा परिणत हुन्छ भने यसको गन्ध कडा हुन्छ ।