साप्ताहिक संवाददाता
चैत्र ५, २०७३
छोरा अनमोल केसीको युवापुस्तामा प्रसस्त क्रेज भए पनि उमेरले पाँच दशक पार गरिसकेका भुवन केसीको पर्दामा ‘हिरो’ का रूपमा प्रस्तुत हुने रहर पुगेको छैन । पर्दामा खलपात्रहरूलाई दुई–चार लात र मुड्की हानेर ढाल्ने भुवनको रहर चलचित्र ‘ब्ल्याक डायरी’ले पूरा गरिदिएको छ । एक्सन, हरर, थ्रिल र सस्पेन्स शैलीको चलचित्र ‘ब्ल्याक डायरी’मा भुवन केसी प्रहरी अधिकृतको भूमिकामा छन् । ‘दबंग’ स्टाइलको उक्त भूमिकामा भुवनले एक्सन दृश्य पनि राम्रैसँग दिएका छन्, चाहे ‘डुप्लिकेट’ राखेर किन नहोस् ? छोरा अनमोल चलचित्र ‘कृ’बाट रोमान्टिक तथा चकलेटी छविबाट बाहिरिँदै एक्सन छविमा आउन लागेका बेला बाबु भुवनको एक्सनले दर्शकलाई कति तताउला कुन्नि ?