चैत्र ५, २०७३
जमैकाको एथलेटिक्समा पुरुषतर्फ युसेन बोल्टको जुन स्थान छ, महिलातर्फ त्यस्तै स्थान छ, सेली एना फ्रेसर पिरेसको । सेली एना सातपल्टकी विश्व च्याम्पियन हुन् । चाँडै एथलेटिक्सको विश्व च्याम्पियनसिप हुँदैछ । यस्तोमा उनी सामु थप सफलता हात पार्ने अवसर छ । यद्यपि उनी त्यसलाई खासै महत्त्व दिन चाहन्नन, बरु उनी पहिलोपल्ट आमा बन्ने क्रममा छिन् । इन्स्ट्राग्रामबाट सेली एनाले आफू आमा बन्ने तरखरमा रहेको घोषणा गरेकी हुन् । सन् २०११ मा उनले जेसन पिरेससँग विवाह गरेकी थिइन् । इन्स्ट्राग्राममा सेलीले भनेकी छिन्, ‘मेरो जीवनमा नयाँ अध्याय सुरु हुन लागेको छ ।’