चैत्र ६, २०७३
नवगायक अनिश पाण्डेको स्वर रहेको पहिलो म्यूजिक भिडियो ‘मन संग मन’ लन्डनबाट सार्वजनिक गरिएको छ ।
पाँच दशक बढी समय नेपाली संगीतमा बिताएकी वरिष्ठ गायिका मिरा राणा र नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगी मगरले भिडियो सार्वजनिक गरेका हुन् । सार्वजनिक क्रममा गायिका राणाले अनिशमा गायकिको धेरै सम्भावना रहेको बताउंदै शुभकामना दिइन् ।
समन अधिकारी निर्देशित उक्त म्यूजिक भिडियोमा नायिका केकी अधिकारी र नरेनले अभिनय गरेका छन् भने दिपेन्द्र थपलियाको छायांकन रहेको छ । गीत तथा संगीत अर्जुन पोखरेलले रचेका हुन् भने एरेन्जर बाबु प्रधानको रहेका छन् । उक्त म्यूजिक भिडियो नेपाल लगायत लण्डनका विभिन्न स्थानहरुमा छायांकन गरिएको छ ।
मन संग मनको म्यूजिक भिडियो