साप्ताहिक संवाददाता
कुन चैं असोजको कुरा गरेको ?
सानु
नेपालमा सबै कुरा भगवानको भरोसमा चल्छ । मेलम्ची पनि त्यही हुने हो कि ?
पवित्रा
खै, त्यस्तो त लाग्दैन । हेरौं के हुन्छ ?
गोकुल भुजेल
नेताहरू राम्रा भए त असोजसम्म कुर्नै पर्दैनथ्यो ।
पूजा
अहँ, आउँदैन ।
मान्य सुरवी
दस वर्षपछिको असोजमा आउँछ होला ।
विशाल
हैन, मेलम्ची हिँड्छ र ? उसको हिँडाइ हेरेर हामीले अड्कल काट्ने ?
श्याम ठकुरी
पाइप लाइनबाट आउन समय लाग्छ रे । हवाई मार्गबाट वितरण गरे मात्र सम्भव छ ।
विशाल गौतम
बोलतमा उठाएर चाहिँ आइपुग्छ । नत्र त खै के, खै के ?
रवीन्द्र
जलमन्त्रीसँग सोध्नुपर्ला ।
सुमन
यो कामको जिम्मा कुलमान सरलाई दिनुपर्छ अनि मात्र काठमाडौंवासीलाई विश्वास हुन्छ । नत्र भने हल्ला मात्र हो ।
कृतिका तिम्सिना
यसको जवाफ हामीले दिने भए ७ वर्ष पहिले नै दिन्थ्यौं । जिम्मेवार निकायसँग सोध्दा ठीक होला कि?
रिस्की पाण्डे
मेलम्चीको कुराचाहिँ थाहा भएन । म चैं पक्कै विदेशबाट नेपाल आउँछु ।
कृष्ण
कामभन्दा हल्ला बढी भएपछि कहाँ मेलम्ची आउनु ?
रविना
विद्युत् प्राधिकरणका कुलमान जस्तै व्यक्तिलाई नेतृत्व दिने हो भने छिट्टै आउँछ ।
कुलराज भण्डारी
पानी होइन घर–घरमा पाइप चैं आउला कि ?
रुपक
अब त पक्का आउँछ, विश्वास छ ।
विवेक
नयाँ सरकारभन्दा मेलम्चीकै पानीको प्रतीक्षामा छ हामीलाई ।
कृष्ण रेग्मी
अरू कुराभन्दा यसलाई प्राथमिकता दिनुपर्छ । कुनै वहानामा पनि ढिलासुस्ति हुनुहुन्न– मेलम्ची आउनुपर्छ ।
नीति
संसार कहाँ पुगिसक्यो ? हामी भने अझैं खानेपानीको पर्खाइमा छौं ।
रोमन
नेताको भाषण जस्तो पो हुने हो कि ? नेपाललाई सिंगापुर अनि स्वीट्जरल्यान्ड बनाउने सपना जस्तै ।
प्रेम राउत
बरु अर्को असोजसम्म आए पनि हुन्छ तर आउनुपर्छ ।
मीना काफ्ले
असोजसम्म होइन ताल परे जेठदेखि असारसम्ममा आउँछ । कसरी भने मेलम्चीको पानी बाफ बनेर आकाशतिर जान्छ अनि वर्षात बनेर काठमाडौंमा बर्सिन्छ ।
प्रमोद गुरागाईं