चैत्र ७, २०७३
अभिनेत्री सन्नी लियोनलाई कस्ता पुरुष मनपर्छन् ? यो आफैंमा एउटा रोमाञ्चक जिज्ञासा हो । हालै एउटा अन्तर्वार्तामा सन्नीले महिलाप्रति सम्मानजनक व्यवहार प्रदर्शन गर्ने पुरुषले मात्र आफूलाई आकर्षित गर्ने धारणा व्यक्त गरेकी छिन् । सन्नीका अनुसार रोमान्सको प्रसंगमा उनी परम्परावादी छिन् । उनलाई त्यस्ता पुरुष मनपर्छन् जसले महिलाका लागि कारको ढोका खोलिदेओस्, रोमान्टिक डिनरमा लिएर जाओस् तथा फूल र चकलेटसहित हरेक प्रकारले महिलालाई खुशी राखोस् ।