साप्ताहिक संवाददाता
गायक नबिन कटुवालको दोस्रो आधुनिक एल्वम ‘साथ’ भर्खरै बजारमा आएको छ । आइतबार पोखरामा आयोजित एक कार्यक्रमका बिच एल्वम बिमोचन भएको हो । सोही कार्यक्रममा साथ एल्वममा समावेश ‘मलाई खुशी’ बोलको एउटा गीतको म्युजिक भिडियो पनि आइतबार नै युट्यव मार्फत सार्वजनिक गरिएको छ । साथ एल्वममा चार गीत समावेश छन् । चारवटा गीतमा नै फरक–फरक व्यक्तिहरुले शब्द भरेका छन् ।
‘सुनसान छ मेरो देश’ र ‘मलाइ खुशी देख्दा रमाउने तिमी’मा विक्रम केसीको शब्द छ । ‘जब नजिक हुन्छौ तिमी मेरो’ बोलको गीत गायक नविनकै शब्दमा सजिएका छन् । अर्काे गीत ‘तिरिमिरी झ्याँई’ बोलको गीतमा गणेश शाहका शब्द सजिएका छन् । साथ एल्वमका सम्पूर्ण गीतमा गायक नविनले स्वर दिएका छन भने संगीत प्रकाश नेपालीले भरेका छन् ।
फलानो क्रियशनद्धरा आयोजित एल्वम सार्वजनिक कार्यक्रममा गायक नबिन कटुवालले एल्वममा फरक–फरक स्वादका गित समावेश गरिएको बताउँदै एल्वमलाई सबै खाले श्रोताले मन पराउने बिश्वास ब्यक्त गरे । यो भन्दा अगाडी गायक नबिनको ‘कोशेली’ नामक एल्वम बजारमा आइसकेको छ ।