चैत्र ९, २०७३
पाकिस्तानी अभिनेत्री बिना मलिकको तीन वर्ष लामो वैवाहिक जीवन टुंगिएको छ । पारिवारिक अदालतले बिनालाई अरसद खट्टकसंगको सम्बन्ध विच्छेदका लागि मञ्जुरी दिएको छ । लाहौरस्थित एक अदालतले बिना मलिकको पारपाचुकेको आवेदन स्वीकार गर्दै उनकै पक्षमा फैसला गरेको बताइन्छ । खट्टकले पनि यो मुद्दालाई अघि बढाउने इच्छा व्यक्त गरेका छैनन् । बिनाले सम्बन्ध विच्छेदका लागि आवेदन दिएकाले उनले ‘हक मेहर’ को २५ प्रतिशत रकम खट्टकलाई फिर्ता गर्नुपर्नेछ । उनीहरूले सन् २०१३ मा दुबईमा विवाह गरेका थिए । उनीहरूका दुई सन्तान छन् ।