साप्ताहिक संवाददाता
चैत्र ११, २०७३
बेलायतमा बसोबास गर्ने गीतकार तथा सञ्चारकर्मी नृपेश उप्रेतीद्वारा रचना गरिएको ‘सफर...’ शीर्षकको गजलको म्युजिक भिडियो बेलायतमै आयोजित एक समारोहमा प्रिमियर गरिएको छ । नेपाल पत्रकार महासंघ युकेको बार्षिक साधारण सभाको अवसर पारेर बिबिसी विश्व सेवाका नवीन सिंह खड्काले उक्त भिडियो सार्वजनिक गरेका हुन् ।
भिडियो सार्वजनिक भएपछि गजलका बारेमा आफ्नो धारणा व्यक्त गर्दै गजलकार उप्रेतीले भनेका छन् —‘यो गजल हरेक युवा मनको चाहना र भावना हो । हरेकलाई आफ्नै गीत जस्तो लाग्छ । आफ्नी प्रेमिकालाई पहिलो पटक भेटेको क्षण याद आउँछ ।’
गजलमा पुरुषोत्तम सुवेदीको स्वर तथा संगीत रहेको छ भने म्युजिक भिडियोको निर्देशन दिपेन्द्र केसीले गरेका हुन् । म्युजिक भिडियोमा नीता ढुंगाना तथा सोहम भेटुवालले अभिनय गरेका छन् ।
यस्तो छ भिडियो :