जस्टिस सेन्टर लियोबेन जेलको वरिपरि दुई ठाउँमा लेखिएको छ सबै मानिस स्वतन्त्र जन्मन्छन् अनि सबै मानव अधिकार र इज्जतमा समान हुन् । यो वाक्य अन्तर्राष्ट्रिय मानव र राजनैतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले तय गरेको नारा हो ।
ब्यास्टोय जेल, नर्वे
अत्यन्त कम सुरक्षा व्यवस्था भएको यो जेल ओस्लोफजोर्डको बीचमा पर्ने ब्यास्टोय आइल्यान्डमा अवस्थित छ । यो जेलका कैदीहरू यहीं भित्र रहेका स–साना कटेजमा बस्छन् र त्यहीं भित्र खेतमा काम गर्छन् । समय बिताउन उनीहरू त्यहाँ घाम ताप्ने, टेनिस खेल्ने, माछा मार्ने तथा घोडा दौड आदि कार्यमा संलग्न हुन्छन् । यो जेललाई सन् २०१४ मा मानवअधिकार एवं सहिष्णुताका लागि एवार्ड प्राप्त भएको थियो।
एचएमपी एडीवेल, स्कटल्यान्ड
एचएमपी एडीवेल जेल स्कटल्यान्डको दक्षिणी भेगमा पर्छ । यसलाई प्राइभेट सोडेक्सो जस्टिस सर्भिसले व्यवस्थापन गरेको छ । एडीबेल निर्माणाधीन नयाँ जेल हो, जसमा कैदीहरूलाई हप्ताको ४० घण्टा उपयोगी तालिम प्रदान गरिन्छ, जसका कारण उनीहरू पहिलेको जस्तै सामान्य नागरिकसरह जीवनयापन गर्न सकून् ।
जस्टिस सेन्टर लियोबेन, अस्ट्रिया
यो जेलको वरिपरि दुई ठाउँमा लेखिएको छ— सबै मानिस स्वतन्त्र जन्मन्छन् अनि सबै मानव अधिकार र इज्जतमा समान हुन् । यो वाक्य अन्तर्राष्ट्रिय मानव र राजनैतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले तय गरेको नारा हो । अर्को ठाउँमा पनि मानवता झल्कने त्यस्तै अर्को नारा लेखिएको छ । यो जेलका भित्ता काठ र नफुट्ने काँचले बनेका छन् । जेलभित्र बाल्कोनीहरू पनि छन् । १५ जना बस्ने यो जेलभित्र आ–आफ्नै निजी बाथरुम तथा संयुक्त भान्साहरूको व्यवस्था छ । यहाँ कैदीहरूले आफूलाई मन परेको लुगा लगाउन पाउने व्यवस्था छ । किन ? यो जेलका वार्डेन भन्छन्, बाहिरजस्तै यो जेलभित्र पनि एकदमै सामान्य व्यवहार गरियो भने यी कैदीले जेल छाडेर जाँदा पुन: सामाजिकीकरण हुन गार्हो पर्दैन ।