साप्ताहिक संवाददाता
चैत्र १२, २०७३
जेठको अन्तिम साता प्रदर्शनमा आउने चलचित्र ‘मेरी कुसुम’ को ‘भुल्न तिमीलाई सकिन...’ गीतको भिडियो सार्वजनिक भएको छ, जसमा मोहन बोगटी तथा हर्षिका श्रेष्ठले अभिनय गरेका छन् । उक्त गीतमा टंक बुढाथोकीको शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ । एनआर घिमिरे यो चलचित्रका निर्देशक हुन् ।