चैत्र १४, २०७३
बंगलादेशका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी अराफात सनीले सामाजिक संजालमा एउटा गम्भीर भूल के गरे, उनको खेल जीवन लगभग समाप्त भएको छ । बंगालादेशका लागि वान डे र ट्वान्टी–२० खेलेका सन्नीले आफ्नी पुरानी प्रेमिकाको फेसबुक एकाउन्ट आपैंmले खोलेर त्यसमा केही आपत्तिजनक तथा अन्तरंग तस्बिर हालेका रहेछन् ।
तिनै पूर्वप्रेमिकाले प्रहरीमा उजुरी दिएपछि सन्नी समातिए र जेल परे । हालै मात्र उनी धरौटीमा छुटेका छन् । बंगलादेशमा साइबर क्राइमसम्बन्धी कानुन निकै कडा छ र त्यसको उल्लंघन गर्नेलाई तत्काल कारबाही गरिन्छ । यस्तै कारबाहीमा परेपछि उनको खेलजीवन समाप्त हुने लगभग तय मात्र भएको छैन, उनले राम्रो आम्दानीको स्रोतसमेत गुमाउने भएका छन् ।