साप्ताहिक संवाददाता
नेपालमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने कुरा त भगवान्लाई मात्र थाहा होला । भोट हाल्न त मन छ, तर के गर्नु आफू नेपालबाहिर परियो । फेरि निर्वाचन होलाजस्तो पनि लागेको छैन । धेरै विषयमा कुरा अड्किएको छ ।
पार्वती खड्का
निर्वाचन हुने सम्भावना बढेको छ ।
सन्तोष सागर
केही स्थानलाई छोडेर बाँकी स्थानमा पक्कै निर्वाचन हुन्छ ।
लक्ष्मी न्यौपाने
जसरी पनि हुनुपर्छ ।
सौरभ
गरे भने हुन्छ । निर्वाचन गर्ने वातावरण सिर्जना गर्न सक्नुपर्छ, अन्यथा नेपालमा के हुन्छ, सबैले थाहा पाएकै कुरा हो ।
नेत्र लामा
निर्वाचन गरे पनि तिनै पात्र आउने हुन्, नगरे पनि तिनै पात्र छन् । सम्भवत: निर्वाचनपछि जनताको पसिना चुस्न कानुनी आधार प्राप्त होला ।
राजन लिम्बू
गार्हो छ ।
सन्दीप आचार्य
जसरी भए पनि हुनुपर्छ । निर्वाचनको विकल्प छैन ।
दिनेश मगर
सम्भावना राम्रै छ ।
रेज श्रेष्ठ
आशा गरौं तर भर नपरौं ।
शिरीष लिम्बू
अवश्य हुन्छ ।
अन्जान शोभित
हुनुपर्छ, पक्कै पनि हुनुपर्छ । केही स्थानमा तनाव होला तर निर्वाचनको विकल्प छैन ।
सुशान्त भट्टराई
हुन्छ, हुनुपर्छ ।
राकेश थापा
सम्भावना छ ।
अरुण बुढाथोकी
दलहरूले निर्वाचन गराउँछन् जस्तो लाग्छ ।
सुरेश खत्री
ज्योतिषीसँग सोध्नुपर्छ ।
महेश
कुर्सीका लागि हानाथाप त गर्नैपर्यो नि । निर्वाचन गरेजस्तो देखाउनु पनि पर्या छ ।
अन्जान अज्ञात
हुँदैन जस्तो लाग्छ ।
जिवेश बोहोरा
मिडियाले साथ दिने हो भने हुन्छ ।
टीआर मिश्र
गर्नु परेन त ? हामीले पनि भोट हाल्न पाउनुपर्छ ।
सुरेश मिश्र
मैले गराउने होइन क्यार ! यस विषयमा कसैले पनि ढुक्कसँग जवाफ दिन सक्दैन ।
कुमार गुरुङ
मधेसी दलहरूको चित्त बुझाउन सके भने हुन्छ ।
गोरख चन्द
बाह्य चलखेल भएन भने पक्का निर्वाचन हुन्छ ।
टीका
सर्वसाधारणसम्म कुरा बुझाउन सके सम्भव छ, अन्यथा निर्वाचनको अर्थ पनि छैन ।
कमल उपाध्याय