चैत्र १५, २०७३
एक महिलाले आफ्नो स्तन बढाउन पहिले राखेको इम्प्लान्ट बिक्री गर्ने भएकी छिन् । ती महिलाले आफ्नो स्तनलाई अझ ठूलो बनाउन उक्त इम्प्लान्ट झिकेर अर्को स्तन राखेकी थिइन् । ११ महिना मात्र राखिएको मोटिभा कम्पनीको इम्प्लान्टलाई उनले २५ हजार ८ सय रुपैयाँमा बिक्री गर्ने बताएकी छिन् । यसरी स्तन बिक्रीमा राखिएपछि चिकित्सा क्षेत्रको समेत ध्यान तानिएको छ । सौन्दर्यको क्षेत्रमा सुरक्षा अभियानका अभियन्ता एन्टोनिया मारिकोण्डाका अनुसार एकपटक इम्प्लान्ट गरिएको स्तन झिकेपछि उक्त वस्तु फोहोर हुन्छ र त्यसलाई अरूमा पुन: प्रत्यारोपण गर्न मिल्दैन ।