साप्ताहिक संवाददाता
चैत्र १९, २०७३
गत आइतबार युट्युबमार्फत सार्वजनिक भएको ‘ए मेरो हजुर–२’ को शीर्ष गीतले युट्युबमा कीर्तिमानी दर्शक पाएको छ । सार्वजनिक भएको पहिलो दिन नै उक्त गीत ४ लाख पटक हेरिएको छ । अभिनेत्री झरना थापाको पहिलो निर्देशनको उक्त चलचित्रको गीतमा कल्याण सिंहको संगीत तथा सुगम पोखरेलको स्वर सुन्न सकिन्छ, जसमा साम्राज्ञीराज्य लक्ष्मी शाह तथा सलिनमान बानियाँले अभिनय गरेका छन् । चलचित्र ए मेरो हजुर–२ भदौ १६ गते प्रदर्शनमा आउने