साप्ताहिक संवाददाता
चैत्र २१, २०७३
नम्रता सापकोटा, अभिनेत्री
- खानपिन मेरो पहिलो रोजाइमा पर्छ ।
- विशेष गरी दालभात तरकारी (नेपाली खाना) मेरो फेभरेट हो ।
- थकाली खाना भनेपछि म हुरुक्कै हुन्छु । त्यही कारणले गर्दा चलचित्रमा काम गर्दागर्दै एकपटक म नराम्रोसँग मोटाएँ ।
- अहिले मैले खानपिनमा ध्यान दिन थालेँ, किनभने मेरो मोटोपनको कारण नै अनियन्त्रित खानपिन थियो ।
- मेरो फेभरेट रोडहाउस क्याफेको लार्ज पिज्जा म एक्लैले सिध्याउँथेँ, अहिले बाँडेर खान थालेकी छु ।
- पहिले बिहान उठ्नेबित्तिकै अन्डा तथा बटरब्रेड खान्थेँ । अहिले कागती हालेर तातोपानी पिउँछु ।
- बिहान कालो चियासँग एक–दुईवटा बिस्कुट खान्छु ।
- म अचेल घरमा खासै केही खान्नँ ।
- दिउँसो मिटिङ प्राय: रेस्टुराँहरूमै हुने भएकाले भोक कन्ट्रोल गर्न सक्दिनँ र मज्जाले खान्छु ।
- म पानी र झोल पदार्थ (जुसहरू) अत्यधिक पिउँछु ।
- दूध हालेको चिया र कफी बन्द गरिसकेँ ।
- खानचाहिँ सबै थोक खान्छु, तर पहिलेजस्तो होइन, अहिले थोरै–थोरै खान्छु ।
- साँझको खानामा एक वा दुईवटा रोटीसँग एक कचौरा दाल पिउँछु, त्यत्ति हो ।