साप्ताहिक संवाददाता
सबै ठाउँमा हुन्छ चाहिँ भन्न सकिँदैन ।
विक्रम घिमिरे
हुनैपर्छ, यसको विकल्प छैन ।
खगेन्द्र भण्डारी
बाह्य चलखेल भएन भने निर्वाचन हुन्छ । सरकार तथा निर्वाचन आयोगको तयारी देख्दा त सम्भव छ जस्तो लाग्छ ।
विनोदजंग क्षेत्री
निर्वाचन हुन सक्छ ।
इन्द्र विष्ट
दुई नम्बर प्रदेशमा थाती राखेर अरूमा त हुन्छ होला ।
धीरेन्द्र
मेरो विचारमा निर्वाचन हुन्छ । कुनै पनि हालतमा हुनैपर्छ ।
डीबी चौरेल
अवश्य हुन्छ, निर्वाचन किन नहुने ?
धु्रव कोइराला
हुन्छ, यसमा कुनै शंका छैन । जसरी पनि निर्वाचन गराउनैपर्छ ।
अछामी राजा
सम्भव छ ।
सुदीप, पुष्पेन्द्र खड्का, बाबुराम खड्का
यो कुरा त नेताहरूसँग सोध्नुपर्छ ।
लक्ष्मण
अहिले नै भन्न सकिँदैन ।
मधु
मज्जाले हुन्छ । जति सरापे पनि जनताका लागि निर्वाचन दसंै हो अनि नेता दसैंको ज्वाइँ । मधेसमा आमाचकारी गालीपछि मात्र कुटुम्ब आफ्नो हुन्छ । कुरा बुझियो नि ?
सूर्यबहादुर
हुनैपर्ने हो, तर फोहोरी खेलका खेलाडीहरूको भरोसा छैन । आफंैले बनाएको नियम आफैं मिच्न पछि पर्दैनन् ।
शंकर चोखाल
निर्वाचनका लागि जनता तयार भैसकेका छन् । अब कसैले रोकेर रोक्न सक्दैनन् ।
संगीत
दलहरू गम्भीर हुने हो भने सम्भव छ । सबैको एकमत हुनुपर्यो ।
तुलसी