गत शनिबार सम्पन्न प्रथम मिस्टर पश्चिमाञ्चल शारीरिक सुगठन प्रतियोगितामा बुटवलश्रीको उपाधि ताराबहादुर थापा क्षेत्रीले जितेका छन् । ७५ किलोग्राम समूहमा प्रथम स्थान हासिल गरेका थापाले ओभरअल अंकका आधारमा उक्त उपाधि हात पारेका हुन् । प्रतियोगितामा स्याङ्जाका सुमन श्रेष्ठ उत्कृष्ट पोजर घोषित भए ।
रूपन्देही शारीरिक सुगठन तथा फिटनेस संघद्वारा आयोजित उक्त प्रतियोगिताको ५५ किलोग्राम तौल समूहमा सुरेन्द्र वर्मा प्रथम तथा रनु थापा दोस्रो भए भने ६० किलोग्राम तौल समूहमा सुनिल आले प्रथम तथा नमक शेरचन दोस्रा भए । त्यसैगरी ६५ किलोग्राम तौल समूहमा मोतीलाल चौधरी प्रथम, सुनिल लिगल दोस्रा तथा हसन गुरुङ तेस्रा भए भने ७० किलोग्राम तौल समूहमा विजेन्द्रमान श्रेष्ठ प्रथम, निसान रानामगर दोस्रा र सुजन श्रेष्ठ तेस्रा भए । ७५ किलोग्राम तौल समूहमा ताराबहादुर थापा क्षेत्री प्रथम, सुमन श्रेष्ठ दोस्रा तथा सुभाषमान श्रेष्ठ तेस्रा भए । ७५ किलोग्रामभन्दा माथिको वजन समूहमा अनिस श्रेष्ठ प्रथम, सुनिल पोखरेल दोस्रा तथा करण चौधरी तेस्रा भए । उक्त प्रतियोगितामा रुपन्देहीसहित पोखरा, पाल्पा, नवलपरासी, कपिलवस्तु, गुल्मी आदि जिल्लाका १ सयभन्दा बढी खेलाडी सहभागी थिए ।