साप्ताहिक संवाददाता
माछा पार्टी
न्यू इयर इभमा धरानस्थित शिवधारामा भर्खरै सञ्चालनमा आएको सेवारो कर्नरमा स्थानीय कलाकारहरूको प्रस्तुतिसहितको सांस्कृतिक कार्यक्रम तथा डान्स पार्टी आयोजित गरिँदैछ । विभिन्न गीत–संगीतसँगै लिङ्गे पिङको मज्जासमेत लिन पाइने उक्त कार्यक्रममा उसिनेको माछासँगै माछाका विभिन्न परिकारको स्वाद चाख्न पाइनेछ ।
अनप्लग्ड पार्टी
धरान–१५, बगरकोटस्थित भिन्टेज लाउन्ज बार तथा धरान, पुतलीलाइनस्थित बालिङ्गो एन्ड गजल बारले स्थानीय ब्यान्डहरूको अनप्लग्ड पार्टी राखेका छन्, जहाँ साँझ ६ बजेदेखि रातको १२ बजेसम्म रमाइलो गर्न सकिनेछ ।
डान्स पार्टी
धरानस्थित फ्युजन क्लबले पारिवारिक वातावरणमा नयाँ वर्षको स्वागतका लागि डान्स पार्टीको आयोजना गरेको छ । धरान–९ स्थित क्लब डोम तथा सर्कल क्याफेले समेत न्यू इयर इभमा डान्स पार्टी राखेका छन् भने धरानका विभिन्न अन्य स्थानीय ब्यान्डहरूले समेत यो अवसरमा विशेष प्रस्तुति दिनेछन् । पूर्वको प्रमुख पर्यटकीय स्थल भेडेटारमा भने पर्यटकहरूलाई लक्षित गरी दिनभरि सांस्कृतिक कार्यक्रम तथा राति डान्स पार्टी आयोजित गरिँदैछ ।