साप्ताहिक संवाददाता
आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्मात्री शर्मिला पाण्डेले एलिशाको हातमा एक लाख नगद थमाएकी थिईन् । कार्यक्रममा निर्देशक दिपेन्द्र के खनाल, अभिनेता सुरज पाण्डे र अभिनेत्री स्वस्तिमा खड्का पनि सहभागी थिए ।
कथा छनोट गरेका निर्देशक खनालले अन्य प्रतिस्पर्धीको तुलनामा एलिशाले लेखेको कथामा 'गुदी' भेटेको तर्क गरे । 'फिल्म बन्ने नै खालको कसैको पनि पाईएन्, खनालले भने, 'एलिशा जी ले पठाएको कथाको क्लाईमेक्स म स्वयंमले लेखेको 'लभ लभ लभ'सँग मेल खाने जस्तो पाएँ, अन्यको तुलनामा संभावना बोकेका लाईनहरु उहाँको कथामा छ ।'
उता विजयी भएको कुरालाई अहिले सम्मकै ठुलो सरप्राइज भन्दै नर्भस देखिएकी एलिशाले आफुले पाएको पुरस्कार धनराशी पढाईमा लगानी गर्ने बताईन् । गत हप्ता सम्पन्न एक सौन्दर्य प्रतियोगितामा भाग लिएर 'वेष्ट फिगर' तर्फ विजेता बनेकी एलिशा होटल म्यानेजमेन्ट तर्फ स्नातक तहकी विधार्थी हुन् । फिल्म 'लभ लभ लभ' को तर्फबाट यो प्रकारका आधा दर्जनजति पुरस्कार योजना सहितका कार्यक्रम सम्पन्न भईसकेका छन् ।
प्रतिक्रिया
सोभितको कमब्याक
वैशाख ८, २०७७
लकडाउनको समयमा लकडाउन ‘रन्डेभु विथ सम्पदा’
वैशाख ८, २०७७
कोल्सन ह्वाइटहेडलाई दोस्रोपटक पुलित्जर
वैशाख ८, २०७७