साप्ताहिक संवाददाता
सुमधुर संगीतको तालमा आफ्नो विरालो चाल मिलाउादै पालैपालो आधुनिक परीको अवतारमा मनमोहक पहिरनमा सजिएका मोडलहरुले उदाउँदै गरेका फेसन डिजाइनर कमल मानन्धरले तयार पारेका फ्लोर स्वीपिङ लेन्थ भएका हेभी गाउनलाई आकर्षक ढंगबाट प्रदर्शन गरेपछि बिट मारेको ‘एन्जल्स अन द फ्लोर’ नामक फेसन शो नयाा वर्षको आगमनलाई फेसनमय स्वागतको रुपमा शानदार प्रस्तुति थियो । मंगलबार बेलुकी होटल सोल्टी क्राउन प्लाजाको मेघा मल्हार हलमा उपस्थित फेसन पारखीहरुलाई फेसनमय उडानमा लाने क्रममा उक्त फेसनको आरम्भ नोभा फेसन हाउसका डिजाइर मीरा महर्जनले तयार पारेका पहिरनबाट भएको थियो । जसमा रेड कार्पेट मूडकाका लागि फ्लोई गाउनहरुको बाहुल्यता थियो भने उनको अर्को प्रस्तुति भने अफिस वेयरमा केन्द्रित थियो । जसमा न्युट्रल कलरहरुको बाहुल्यता थियो ।
वचू जिन्सका सुनिल महर्जनका प्रस्तुतिमा जिन्सका पहिरनको विशेषता थियो । पियोर जिन्स तथा टाईडाई एफेक्ट सहितको दुईवटा प्रस्तुति अन्तर्गत सुनिलले क्याजुयल मूडको प्रभाव देख्न पाइन्थ्यो । गिफ्टका शोभा महर्जनले पनि दुई प्रस्तुतिलाई प्रदर्शन गरेकी थिइन् । जसमा ए लाइन, सर्कुलर तथा स्लिट सहितका कलरफुल गाउन एवं विभिन्न रंगहरुका डिजाइनर साडीको समावेश थिए । १६ जना युवतीहरु मार्फत् प्रस्तुत गरिएको सो फेसन शोमा रोजिन शाक्यको कोरियोग्राफी रहेको थियो । आर एण्ड आर ग्रुपले आयोजना गरेको सो फेसन शोको एउटा सिक्वेन्समा भने हालै सम्पन्न मिस इन्डिजिनियस हेरिटेज नेपाल २०१७ का विजेता, उपविजेता सहित अन्य फाइनलिष्टहरुले पनि क्याटवाक गरेका थिए । मोडल एवं गायिका विपना थापा र अर्की मोडल सृजना राई शो स्टपरका रुपमा देखिएको सो फेसन शोलाई गायक दिपक लिम्बु र गायिका मिलन अमात्यले संगीतमय बनाएको थियो । अन्तत: उमेरले कान्छो गायक लोभिन खड्गी र द केमिस्ट्री नामक सांगीतिक समूह लाइभ ब्यान्ड प्रस्तुति संगै सो कार्यक्रमले पूर्ण प्राप्त गरेको थियो ।
तस्विरहरु : महेश प्रधान