साप्ताहिक संवाददाता
वैशाख २, २०७४
धरानमै बसेर गीत–संगीतमा रमाएका एपी शेर्पा तीनमहिने युरोप सांगीतिक टुर सकेर नेपाल फर्किएका छन् । उक्त अवधिमा उनले युरोपका विभिन्न स्थानमा सांगीतिक प्रस्तुति दिएका थिए । पुसको पहिलो साता जर्मनी पुगेका एपीले तमु समाज जर्मनीको आयोजनामा जर्मनी, बेल्जियम तथा पोर्चुगलमा सांगीतिक प्रस्तुति दिए । एनआरएन जर्मनीको आयोजनामा डोर्टमुन्टमा गीत गाएका एपीलाई अन्तर्राष्ट्रिय कलाकार मञ्च जर्मनी शाखाले सम्मानसमेत गरेको थियो भने शेर्पा किदुग बेल्जियम र युरोप शेर्पा संघले पनि उनलाई सम्मान गरेको थियो । तीन महिने युरोप टुरबाट फर्केर शर्पाले साप्ताहिकसँग भने– विदेशमा हुने कार्यक्रमले नै नेपाली कलाकारहरूलाई टिकाइरहेको छ ।