साप्ताहिक संवाददाता
वैशाख ३, २०७४
- एक–अर्कामा शंका गर्दै नगर्ने । कुनै कुरामा शंका लाग्यो भने बरु निर्धक्क सोध्ने । त्यो कुरा तेस्रो व्यक्तिसँग गर्दै नगर्ने ।
- मायामा सम्मानको ठूलो भूमिका हुन्छ । एक–अर्काको कामको कदर एवं सम्मान गरिरहनुपर्छ ।
- एक–अर्कालाई कुनै तेस्रो वा चौथो व्यक्तिसँग कहिल्यै तुलना गर्नु हुँदैन ।
- एउटा कुरामा विशेष ध्यान पुर्याउनुपर्छ– मायालाई कहिल्यै पैसासँग दाँज्नु हुँदैन । पैसाको धाक लगाउनु पनि राम्रो हुँदैन ।
- कतै घुम्न जाँदा उनको रुचिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।
- उनको प्रशंसा गर्ने, नहोच्याउने ।
- उनको परिवारका सदस्यहरूलाई इज्जत दिने । आफूले इज्जत दिए मात्र आफूलाई पनि इज्जत प्राप्त हुन्छ ।