साप्ताहिक संवाददाता
१. जातीयताको कुरा गर्नेलाई भोट नदिने ।
२. जातपातको भेदभाव गर्नेलाई भोट नदिने । दलितले छोएको सार्वजनिक भेलामा नदेखाउनेलाई भोट नदिने ।
३. गुटबन्दीमा लागि गुटको प्यादा बनेका मानिसलाई भोट नदिने ।
४. सबै छोराछोरीलाई डिभी तथा पीआरमा विदेश पठाएका र आफू मात्र नेपाल बसेकालाई भोट नदिने । त्यस्ता व्यक्तिले यहाँको पैसा विदेश लाने खतरा हुन्छ ।
५. नेपालको अहित गर्दिनँ भनेर सार्वजनिक शपथ नखाएकाहरूलाई भोट नदिने ।
७. पुराण लगाएर चन्दा उठाउनेलाई भोट नदिने ।
८. बहुविवाह गरेकालाई भोट नदिने ।
९. विदेशी संघ–संगठनमा भएकाहरूलाई भोट नदिने ।
१०. आफ्नो नगर अथवा गाउँमा बसेकालाई मात्र भोट दिने । पर्यटक उम्मेदवारलाई भोट नदिने ।
११. नेपाल बन्द गरेर हिँडेकालाई भोट नदिने ।
१२. पूर्वाधार विकास, कृषिको आधुनिकीकरण एवं शिक्षाको व्यापार रोक्ने, प्राविधिक शिक्षा, सामाजिक सद्भावका साथै रोजगारी प्रवद्र्धन गर्ने योजना भएकाहरूलाई मात्र भोट दिने ।
(वरिष्ठ अधिवक्ता युवराज संग्रौलाको वालबाट)