साप्ताहिक संवाददाता
वैशाख ४, २०७४
प्रत्येक वर्ष काठमाडौंमा आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय नेपाल टाटु कन्भेन्सनको सातौं संस्करण ललितपुरमा सम्पन्न भएको छ । सम्मेलनमा नेपाली तथा विदेशी टाटुप्रेमीहरूको उल्लेख्य सहभागिता थियो । सम्मेलनमा नेपाललगायत अमेरिका, अस्ट्रेलिया, बेलायत, स्वीडेन, स्पेन, मेक्सिको, इन्डोनेसिया, क्यानाडा, फ्रान्स, हल्यान्ड, जापान आदि मुलुकका टाटु आर्टिस्टहरूले सहभागिता जनाएका थिए । तीनदिने उक्त सम्मेलनका क्रममा टाटुको क्षेत्रमा भित्रिएको नयाँ प्रविधि, पछिल्ला कला तथा नयाँ–नयाँ जानकारी आदान–प्रदान गरिएको थियो ।