साप्ताहिक संवाददाता
यो समाचार चित्त बुझेन (अपेक्षाविपरीत जिरो रिजल्ट) । यसभित्र लेखिए जस्तो सबै चलचित्र काम नलाग्ने छैनन् । कुनै त राम्रा होलान्, त्यसको उल्लेख किन नगरिएको ? छक्का पन्जाबाहेक सबै चलचित्रले कुनै न कुनै विशेषता बोकेका छन् । चलचित्र नहेरी टिप्पणी गरे जस्तो लाग्यो ।
रन्जन कैलाश
नेपथ्यले पुरानो शैलीका गीत तयार पार्नु राम्रो (नेपथ्यको रजत उत्सव) । नेपथ्यका गीत एकदमै राम्रा छन् ।
चिरञ्जीवी गिरी
जिब्रो चिप्लियो रे ? के दूध खाने शिशु हुन् र हिसिला यमी (गजुरियल विश्लेषण : जिब्रोमा ब्रेक कसरी लगाउने ?) उहिलेको युग जस्तो होइन अहिले । यो जमानामा सत्य कुरा कहिल्यै लुक्दैन । आवेशमा आएर जे पनि बोलेर अनि जिब्रो चिप्लिएछ भन्नु उचित होइन ।
सुक बिर दोङ तामाङ
बधाई छ (कल्चरल मेला) । कार्यक्रम सफल होस्– शुभकामना ।
टिका सूर्यवंशी
थुतुनोलाई हरदम लगाम आवश्यक छ (गजुरियल विश्लेषण : जिब्रोमा ब्रेक कसरी लगाउने ?) ।
धर्मराज पोखरेल
अनुष्कासँग युवराजको जोडी सुहाएको छ (गसिप : यस्तो पो जोडी) । भिडियो पनि राम्रै बन्ने आशा छ।
विजय आचार्य
दुर्घटना निकै बढिरहेका छन् (दुर्घटना: असुरक्षित सडक र बढ्दो दुर्घटना) । धेरैको ज्यान गैरहेको छ । सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।
दीपेन्द्र अधिकारी
पर्यटकीय स्थल ताप्ली र रौता पोखरीका बारेमा पढ्न पाउँदा खुसी लाग्यो (मेला : नयाँ वर्षमा मेला लाग्ने दुई पोखरी) । मिडियाले यसरी नै साथ दिने हो भने त्यहाँको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्नेछ । ओझेलमा परेका अन्य ठाउँका बारेमा पनि जानकारी दिनुहोला ।
संयोग लुइँटेल
लोडसेडिङको अन्त्य हुनु सुखद् कुरा हो (कसरी सम्झने २०७३ लाई ?) । यस्तै अरू समस्या पनि सधैंका लागी हटे हुन्थ्यो ।
भूषण बानियाँ
सीताराम कट्टेल धुर्मुस जस्ता व्यक्ति नमुना हुन् (फ्रन्टपेज : २०७३ न्युज मेकर वर्षका १२) । आफ्नो तर्फबाट देशका लागि थोरै भए पनि योगदान दिन सके सबैको भलो हुने थियो ।
रवि मल्ल
अपराधीहरूले नयाँ–नयाँ बाटो अपाइरहेका छन् (अपराधको बदलिँदो ट्ेरन्ड : आईटी बेस अपराधको मौलाउँदो सञ्जाल) दिनेश अमात्यको लेखले नयाँ सूचना दिएको छ । हामीले सर्तक हुनु आवश्यक छ ।
गिरिश बोहरा
सुबास गुरुङजीलाई बधाई छ (सुवासलाई बिग आइकन उपाधि) । अन्य प्रतिस्पर्धामा पनि सफलता मिलोस् ।
करन केसी
पुरुषको तुलनामा महिला पनि कम छैनन् भन्ने बलियो उदाहरण यसमा देखिन्छ (वर्ष २०७३ का चर्चित खेल व्यक्तित्व) ।
जीवन
अन्जली लामाको उपलब्धि प्रशंसनीय छ (नेपाली फेसन र मोडलिङमा वर्ष–२०७३) । यो समाचारले सबैलाई उत्साहित तुल्याउँछ ।
निर्मल
नेपाली कलाको बजार अन्तर्राष्ट्रिय स्तरमा फैलन सकोस् (बढ्दैछ नेपाली कला बजार) । नेपाली कलाको आफ्नै ब्रान्ड बनोस् ।
लक्ष्मण