वैशाख ८, २०७४
बलिउड अभिनेता आमिर खान एउटै अभिनेत्रीसँग दोहोर्याएर काम गर्दैनन् । पछिल्ला केही वर्षदेखिको आमिरको यो प्रयोग सफल पनि भैरहेको छ ।
आमिर एउटै अभिनेत्रीसँग बढीमा दुइटा चलचित्रमा मात्र काम गर्छन् । अनुष्का शर्मा उनको नयाँ चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ मा काम गर्न इच्छुक छिन् तर आमिरले त्यसमा रुचि देखाएनन् । आमिरका प्रशंसकहरू उनलाई कटरिना कैफ अथवा अनुष्का शर्मासँग दोस्रो पटक चलचित्रमा हेर्न चाहन्छन् तर यो संभव नभएको आमिरले स्पष्ट पारिसकेका छन् । आमिरले कटरिनासँग धूम–३ तथा अनुष्कासँग पिकेमा काम गरेका छन् ।