साप्ताहिक संवाददाता
वैशाख ८, २०७४
नक्कली प्रचण्डका रूपमा लोकप्रिय हास्य अभिनेता घनश्याम गौतम नयाँ हास्य कमेडी टक शोमार्फत दर्शकमाझ आएका छन् ।
गौतम गत वैशाख १ गतेदेखि युट्युब च्यानल एनके टिभीबाट प्रसारण प्रारम्भ भएको ‘ट्वाकेन्द्र निवास’ मार्फत दर्शकमाझ आएका हुन् । असारदेखि नेपाल टेलिभिजनबाट समेत प्रसारण हुने यो श्रृंखलामा ट्वाकेन्द्र काकाको भूमिकामा प्रस्तुत भएका गौतमलाई अभिनेत्री युगज्योति क्रियाशिलले मट्याङ्ग्री काकीका रूपमा साथ दिएकी छिन् । कार्यक्रमको प्रत्येक श्रृंखलामा यो दम्पतीले एक–एक जना सेलिब्रेटीसँग रमाइलो कुराकानी गर्नेछ । कलाकार गौतमका अनुसार यो श्रृंखलाको नयाँ भाग प्रत्येक बुधबार युट्युबमा अपलोड गरिन्छ ।