चौथो मिस्टर कोसी शारीरिक सुगठन प्रतियोगिताको उपाधि धरानका मिलनचन्द्र राईले हात पारेका छन् । ७० किलोग्राम समूहका विजेता राई धरान फिटनेस क्लबका तर्फबाट सहभागी भएका थिए । उक्त प्रतियोगितामा ६५ किलोग्राम समूहबाट विजेता बन्दै फाइनल पुगेका इनजी वल्र्डजिम, विराटनगरका रमेश कार्की दोस्रो भए भने धरानका उत्तम खत्रीले तेस्रो स्थानमा चित्त बुझाए ।
एलाइनेट जिम, धरानको आयोजनामा धरान–८ स्थित धरान सभागृहमा भएको उक्त प्रतियोगिताको फाइनलमा ५५ किलोग्राम उमेर समूहमा इटहरीका मनी राई दोस्रो भएका थिए भने विराटनगरका प्रमित राजवंशी तेस्रो भए । ६० किलोग्राम उमेर समूहमा विराटनगरका श्याम मरिक दोस्रो तथा विराटनगरकै शंकर पण्डित तेस्रो भए । ६५ किलोग्राम उमेर समूहमा दुहवीका विमल उराव दोस्रो हुँदा इटहरीका दीपक सरदार तेस्रो भए भने ७० किलोग्राम उमेर समूहमा धरानका विजय तामाङ दोस्रो हँुदा इटहरीका किरणकुमार बुढाथोकी तेस्रो भए ।