साप्ताहिक संवाददाता
वैशाख १६, २०७४
विश्वमै असम्भव मानिएको एक सटमा तयार भएका दुई नेपाली चलचित्र ‘जालो’ तथा ’जालो रिर्टन्स’मध्ये ‘जालो’ को ट्रेलर सार्वजनिक भएको छ । थ्रिलर शैलीको ट्रेलरलाई दर्शकले मनसमेत पराएका छन् । जेठ १९ गतेदेखि प्रदर्शनमा आउने अराज केशवद्वारा निर्देशित यो चलचित्रमा नीर शाह, अनुप विक्रम शाही, मेनुका प्रधान, नीराजन प्रधान, मुना गौचन, लक्ष्मी गिरी आदि कलाकारले अभिनय गरेका छन् । ती दुवै चलचित्र ३ घण्टा ५३ मिनेटसम्म क्यामेरा अफ नगरी हरि घले लामाले छायांकन गरेका हुन् ।