साप्ताहिक संवाददाता
वैशाख १७, २०७४
अमरदह, मोरङका मिलन श्रेष्ठ पछिल्लो समय चर्चामा रहेका गायक हुन् । हालै राजनराज शिवाकोटीको शब्द तथा संगीतमा मिलनले गाएको एउटा पूर्वेली गीत ‘मायाको चिनो’ श्रोताले मन पराएपछि मिलनको व्यस्तता बढेको छ । यसबीच स्वदेशका सांगीतिक कार्यक्रममा सक्रिय भैरहेका मिलन सांगीतिक कार्यक्रमकै क्रममा अमेरिका पुगेका छन् । उनकी धर्मपत्नी गीता श्रेष्ठ पनि गायनमै रमाइरहेकी छिन् । यो जोडीले विगतमा ‘मिलन गीता’ तथा ‘मिलन गीता–२’ शीर्षकका एल्बम सार्वजनिक गरिसकेको छ ।