साप्ताहिक संवाददाता
हालै चितवनमा पहिलो पटक सम्पन्न पुरुष सौन्दर्य, व्यक्तित्व र बौद्धिकता मापनको प्रतियोगिता ‘मिष्टर चितवन २०१७’ मा रामनगरका पवन श्रेष्ठले शीर्ष उपाधि जित्न सफल भएका छन् । चितवनस्थित भरतपुर क्यान्सर अस्पतालको सभाहलमा सोमबार राती सम्पन्न सो प्रतिस्पर्धामा सहभागि अन्य १४ प्रतिस्पर्धीलाई पछाडि पार्दै पवनले मिष्टर चितवन उपाधिमा आफ्नो नाम दर्ता गरेका हुन् । पवनले उपाधिसँगै नगद रु ५० हजार रुपैयाँ प्राप्त गरे ।
मिष्टर चितवन २०१७ को विजेता भएसंगै पवनले मिष्टर नेपाल २०१७मा वाइल्ड कार्ड इन्ट्री पनि प्राप्त गरेका छन् । प्रतियोगिताको फस्ट रनर अप आशिक ताम्राकार बने । आशिकले उपाधिसँगै नगद रु ३० हजार पुरस्कारका रुपमा प्राप्त गरे । सेकेण्ड रनर अपको उपाधि भने सञ्जय खड्काले हात पारे । सञ्जयले उपाधिसँगै नगद रु २० हजार गरे । प्रतियोगिता अवतार इन्टरनेशनल र रोयल क्यापचरले संयुक्त आयोजनामा संचालन भएको थियो ।