साप्ताहिक संवाददाता
वैशाख २२, २०७४
आइरिस क्रिम फ्रुट डिप
भेनिला पुडिङ, दूध, आइरिस क्रिम तथा कुल ह्वीप क्रिमलाई फिटेर बनाइएको लेदोमा स्याउ र किबीको स्लाइस चोप्दै खान सकिन्छ ।
लेमन पार्सले पपकर्न
माइक्रोवेभमा बटर,
पालुङ्गोको सागको टुक्रा, कागतीका स–साना बोक्रा, नुन र मरिचको धुलो मिसाएर २ मिनेट तताउने र त्यसलाई पपकर्न राखिएको भाडामा खन्याएर चम्चाले चलाउने । यसरी तयार भएको स्न्याक्स बियर वा वाइनसँग खाँदा विशेष स्वादिलो हुन्छ ।
सलामी रोलअप्स
सलामीको रोललाई मसिनो चानामा काट्ने, त्यसलाई रोल पार्ने र सिन्का छिराउने । त्यसभित्र क्रिम चिज र हरियो प्याजका मसिना टुक्रा राख्ने । यो स्न्याक्स वाइनसँग खान सकिन्छ ।