साप्ताहिक संवाददाता
वैशाख २२, २०७४
ईश्वर तिमीले जगत बनायौ, चन्द्र बनायौ, यति सुन्दर देश बनायौ...
एउटा राम्रो नेता दिन किन तिमीले टाउको कन्यायौं....
यस्तै शब्द र भावले कोरिएको मह जोडीको गीत स्थानिय निर्वाचन नजिकिदै जाँदा समाजिक सञ्जालमा निकै भाइरल हुन थालेको छ । गत वर्ष नै सार्वजनिक भएको यो सांगीतिक भिडियो नितान्त नयाँ शैली र सन्देशमूलक पनि छ । देशमा स्थानिय निवार्चनको उत्सव चलिरहदाँ तिन करोड जनतालाई राम्रो नेता छान्न गीतमार्फत घुमाउरो शैलीमा मह जोडीले आग्रह गरेका छन् । देशका खातिर एक असल नागरिकले आफ्नो ठाउँबाट सोच्नु पर्ने र देशका लागि राम्रो नेता छान्न गीत मार्फत मह जोडीले सचेत गराएका छन् । गीतको प्रस्तुति, शैली तथा शब्द–शब्दमा सामाजिक चेतना छरिएको छ।
भिडियो :