साप्ताहिक संवाददाता
वैशाख २३, २०७४
धेरै समयपछि विजयले फोन गर्यो । सम्बोधनको भाषा, लवज र तरिका अत्यन्त सौम्य, संयमित एवं सम्मानजनक थियो । सात वर्ष लामो सहवासमा जहिल्यै अनौपचारिक र कहिल्यै श्लील प्रतीत नहुने विजय यतिबेला पूरै फेरिएको थियो । उच्च माविमा पत्रकारिता पढाउने उसले घनिष्ठ मित्रलाई सम्झिएको थियो र खाना खान निमन्त्रणा दिएको थियो । विजय परिवर्तन भएको अनुुभूति हुँदा मलाई खुसी कम र द:ुख बढी लाग्नु स्वभाविक थियो । मलाई राम्रैसँग थाहा थियो— जब औपचारिकता सुरु हुन्छ तब आत्मीयता र निकटता खण्डित हुन्छ । खाना खाने लालसा कम र मित्र भेट्ने उत्कट अभिलाषाको भारी बोकेर म खाली हात उसलाई भेट्न गएँ, तर फर्कंदा मेरो मस्तिष्क पूर्ण थियो । विजय परिवर्तन हुनुको कारण ऊ भर्खरै कसैको श्रीमान् बनेको थियो ।