साप्ताहिक संवाददाता
कवि तथा निबन्धकारका रुपमा परिचय बनाएका अग्रज पत्रकार रेशम विरही उपन्यासकारका रुपमा आएका छन् । नेपालको कम्युनिस्ट आन्दोलन, भारतको प्रभाव, आन्दोलनबाट पलायन पात्रको कथामा आधारित विरहीको उपन्यास ‘प्रेमदासको डायरी’ शनिबार राजधानीको सर्वनाम थिएटरमा विमोचन गरिएको छ । लेखक नारायण ढकाल, कवि श्यामल, पत्रकार नारायण वाग्ले र दिलभूषण पाठकले संयुक्त रुपमा उपन्यासको विमोचन गरे ।
विमोचनपछिको अन्तरसंवादमा पत्रकार पाठकले लेखक विरहीलाई बीस वर्षअघि नेपालगन्जको धम्बोझी चोकमा चिनेको स्मरण गरे । ‘त्यसताका उहाा एक पत्रिकामा ‘शून्य समय’ स्तम्भ लेख्नुहुन्थ्यो,’ उनले भने, ‘शालीन, गम्भीर र सिरियस व्यक्तिको रुपमा चिनेको मैले आज बीस वर्षपछि सुन्दर उपहार पाएको छु ।’ विभिन्न परिवेश र प्लटलाई सुन्दर संयोजन गरेको भन्दै उनले उपन्यासको कथा पनि सहज रुपमा अघि बढेको बताए ।
‘भारतकै कारण नेपालको राजनीतिमा प्रभाव र त्यसको ठूलो असरलाई उपन्यासमा देखाइएको छ, तपाईंको धारणा के छ ?’ सहजकर्ता पत्रकार दीपक सापकोटाले वाग्लेलाई सोधे । वाग्लेले भने भारतसँगको अनुभव र प्लट ब्ल्याक एन्ड ह्वाइटको रुपमा मात्र आएको टिप्पणी गरे । ‘उपन्यासमा नेपालको कम्युनिस्ट आन्दोलनमा भारतको पूरै प्रभाव परेको देखाइएको छ । उसको सानोतिनो प्रभाव नपरेको होइन तर सत्ता नै उलटपुलट गराउने खालको होइन,’ वाग्लेले भने, ‘ती प्रसंगलाई बरु लेखकले संस्मरणको रुपमा छुट्टै लेख्नुभएको भए राम्रो हुन्थ्यो ।’ विरहीको निबन्धसंग्रह ‘देब्रे आाखा’ पढ्दा आफूले देख्न नपाएको इतिहासलाई बुझ्न पाएको बताउादै उनले यो उपन्यासचाहिा ‘दाहिने आाखा’को रुपमा आएको धारणा राखे ।
शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ३ सय ९५ रुपैयाँ रहेको छ ।