वैशाख २५, २०७४
सरिना विलियमले आफू गर्भवती भएको तस्बिर सामाजिक सञ्जालमा केही महिनाअघि पोस्ट गरेपछि त्यसले निकै चर्चा पाएको थियो । अस्ट्रेलियन ओपन जित्ने बेलामै आफू गर्भवती भएको बताएपछि उनले पछि उक्त कुराको खण्डन समेत गरेकी थिइन् ।
उक्त घटना भएको केही सातामै न्युयोर्कमा सम्पन्न मेट गालाको रेड कार्पेटमा सरिना गर्भवती भएको प्रस्ट देखियो । प्रेमी एलिक्स ओहानिनसँग गाढा हरियो हल्टर नेक्ड ड्रेसमा आएकी सरिनाले त्यहाँ आफ्नो बढेको पेट छोप्न सक्ने स्थिति थिएन । विश्वका चर्चित सेलिब्रेटीहरू मात्र सहभागी भएको मेट गालामा यसपटक सरिनाकै बढी चर्चा भयो ।