साप्ताहिक संवाददाता
वैशाख २९, २०७४
स्वादिलो मेक्सिकन परिकार टाकोको स्वाद चाख्नुभएको छ कि छैन ? चाख्नुभएको छ भने अवश्य पनि त्यो स्वाद तपाईंको जिब्रोमा झुन्डिरहेको होला भने फेरि खाने रहर पनि अवश्य होला । होइन भने पहिलो पटक टाकोको स्वाद लिन निम्न स्थान र समयमा पुग्न सकिन्छ, जहाँ सेफ सुशान्त टाकोको स्वाद चखाउन तयार छन् ।
स्थान : एराउन्ड द कर्नर, बाँसबारी
मिति : वैशाख ३० गते, शनिबार
समय : दिउँसो १ बजेदेखि ४ बजेसम्म
प्रवेश : २ सय रुपैयाँ, टाको र टकिला सट नि:शुल्क
आकर्षण : टकिला टेस्टिङ, टकिलाका बारेमा जानकारी, आफैं टाकोज बनाउन सकिने, परिकार प्रतिस्पर्धा, संगीत तथा विभिन्न प्रकारका खेल ।