साप्ताहिक संवाददाता
मजदुरले नमस्कार पाउने एक मात्र समय भनेकै चुनाव रहेछ । होइन, हातमा सुपरग्लु टाँसेका छन् कि क्या हो, नमस्ते, नमस्ते, नमस्ते— वाक्क–दिक्क ।
सीता खनाल अर्याल
हाम्रा ३९ वर्षका युवाहरू क्याम्पसको स्ववियु सभापति ताक्छन्, फ्रान्समा ३९ वर्षीय इम्यानुअल म्याक्रोन नयाँ राष्ट्रपति निर्वाचित भएका छन् ।
प्रकाश डुम्रे
साँच्चिकै चुनावको माहौल बनेजस्तो छ अहिले, भोटको भन्दा नोटको माग बढी छ ।
प्रतापजंग पाण्डे
कुन्ताको जाम हुने काठमाडौंका गल्लीहरूमा राजनैतिक कार्यकर्ताहरू माइक बोकेर नारा लगाउँदै अनि कराउँदै गाँड लागेका हुन्छन्— तैट !
गणेश पौडेल
गामतिरको उम्मेदवारीका बारेमा बुझ्दा खेरिन, छवि राउँरा भ’काले खासै चानस पाका रैन्छन् । के हेरेर चुन्छन् उम्मेदवार पनि ?
दिया मगर
सहरभरि वाइफाइ फ्री गर्दैमा स्मार्ट सिटी हुने भए हाम्रो इन्टरनेसनल एयरपोर्ट वर्षौं अघिनै स्मार्ट एयरपोर्टमा गनिन्थ्यो ।
विशाल सिलवाल
रक्सी : लाग्छ र लड्छन् । चुनाव : लड्छन् र लाग्छ ।
नीति तिमल्सिना
नेपालको संविधान सबै दलले मानेका छन् । नेपालमा कम्युनिस्ट वा दक्षिणपन्थी भन्ने नै कोही छैनन् । यसर्थ कसले कोसंग गठबन्धन गर्यो भन्नुको कुनै तुक छैन ।
बिपेन्द्र कार्की
तालमेलको ताल हेर्दा फेरि एकपटक के सावित भएको छ भने नेपालका दलका केवल नाम र झन्डा फरक हुन्, मुख्य कुरा मिलाएर खाने हो, सिद्धान्तका कुरा बकवास हुन् ।
यज्ञश
घरमुली नै बिग्रिएर लत्तो छोड्दै हिंडेपछि घरका सदस्यहरू बरालिएर हिंड्नु स्वभाविक हुन्छ । कार्यकर्तामै नैराश्यता आए नेतृत्व बुंगो होला नि फेरि— सन्दर्भ : तालमेल ।
प्रमोद खरेल
एमाले र माओवादी तथा कांग्रेस र प्रजातन्त्र पार्टीको तालमेल सुहाउँदो हुँदो हो बरु । कति नसुहाएको यो तालमेल— छि: ।
नयना
देउवा–दाहालले तालमेल गर्दैमा कांग्रेस समर्थकले माओवादी उम्मेदवारलाई भोट देलान् र ? तथाकथित जनयुद्धको कठोर सम्झना अझै ताजा छ भन्ने बिर्सिएको ?
कनकमणि दिक्षित
अचेल बेरोजगारीलाई मज्जाले ला’छ : दिनभरी चुनाव, रातमा रम— ह्विस्की अनि भोड्का ।
शिशिर आचार्य
हामी नगरवासीकहाँ भोट माग्न कोहि पनि आएनन् । भोट कसलाई र किन दिने भन्ने कुरामा साह्रै खस–खस लागिरा’छ ।
रवीन्द्र सिग्देल
के भोट हाल्न पाइने नै हो त ? वैशाख ३१ मा निर्वाचन भए स्थानीय तहको निर्वाचनमा पहिलो पटक भोट हालिन्छ ।
प्रदीप कार्की
राम्रो वा नराम्रो आफ्नाले गरेको सोह्रै आना सही र अरूले गरेको साफै गलत भन्ने...सही–गलत छुट्याउन नसक्ने काँतरहरूलाई चुन्दै आएको देश मेरो ।
मनोज घिमिरे
हुन्छ, हुन दिन्नौं, एक चरणमा हुन्छ, दुई चरणमा हुन्छ, बजेट अघि नै हुन्छ, बजेटपछि भए पनि हुन्छ, संशोधनपछि हुन्छ, संसोधन अघि हुनै दिन्नौं ।
सुरेन्द्र पौडेल
तालमेल कदापि स्वीकार्य छैन । आफुले मन परेको दललाई भोट हाल्न पाउनु नागरिक अधिकार हो । तालमेलको विरोध गरौं ।
सुमन उपाध्याय
एउटा लोकप्रिय शक्तिलाई परास्त गर्न नसक्ने भएपछि गोरु बेच्या साइनो लगाएर अर्कोसँग मिलेर उसलाई सिध्याउने खेललाई नै तालमेल भनिँदो रहेछ ।
गणेश अम्गाईँ
एमालेले : गाईमा, राप्रपाले : सूर्यमा, कांग्रेसले : हँसिया हतौडामा, माओवादीले : रूखमा— वाह † क्या गजब तालमेल ।
गोकर्ण प्रकाश
म्याच फिक्सिङ गर्ने खेलाडीहरू त सरकारको कारबाहीमा परे, के चुनाव फिक्सिङ गर्ने नेता जनताको कारबाहीमा पर्लान् ?
निर्मल श्रेष्ठ
कुनै बेला प्रधानमन्त्रीको कुर्सीको लागि पार्टी फुटाएर कलशमा भोट हाल्नेले माओवादीलाई भोट हाल्छन् होला, सबै कांग्रेसले नहाल्लान्— प्रसंग चितवनको तालमेल ।
रवीन्द्रराज विष्ट
तालमेलपछि दुई घोषणापत्र एक हुनुपर्छ कि पर्दैन ?
नवीन पाण्डे
एमाले, कांग्रेस र माओवादीभन्दा बलिया त विवेकशील र साझा पार्टी पो रहेछन्, कसैसँग तालमेल नगरी चुनाव लड्दैछन् ।
ओमप्रकाश बानियाँ
औंलाहरू लामा–छोटा, साना–ठूला भए पनि गाँस टिप्ने बेलामा एकै ठाउँमा भए जसरी अरू बेला मारामार गर्ने दलहरू खाने बेलामा एकै ठाउँमा हुन्छन् ।
रञ्जित तामाङ
खाए खा नखाए घिच् भन्ने पारा ल्याइहाले नि दलहरूले ।
प्रभाकर पाण्डे
२० वर्षपछि हुन लागेको चुनावमा... मानिसहरू कुकुर–बिरालोजस्ता भएका छन् । नेताले नैतिकता गुमाएका छन् । कलाकारले मर्यादा भुलेका छौं । कर्मचारीले सेवा भुलेका छन् । पत्रकारले धर्म बिर्सिएका छन् । के देख्नुपरेको यस्तो ? जीवन चुनावपछि पनि छ । भोलि पनि यही समाजमा जिउनुपर्छ । आत्तिने र मात्तिने बानी राम्रो होइन कि ?
मञ्जु पौडेल
चुनावी माहोल तातिरहेको बेला छ । सबैलाई आफ्नो आस्था भएको पार्टी नै सबैभन्दा राम्रो र उत्तम लाग्नु नौलो कुरा होइन, मात्र यत्ति हो आफूलाई मन पर्ने पार्टी मात्र ठीक, अरू सबै पार्टी खराब भन्ने प्रवृत्तिचाहिं त्याग्नु नै बेस हुन्छ । यही चुनावका कारण यो पार्टी र त्यो पार्टी भनेर साथीभाइ तथा आफन्तबीच कुनै फाटो नआओस् ।
सशान कँडेल
रेल ल्याम्छु, यो गर्छु, त्यो गर्छु त सबैले भने, तर यी तारहरू व्यवस्थित गर्छु कसैले भनेनन् ।
नारायण अमृत
पहिलेका गाविस तथा वडा कार्यालयहरू माओवादीले बम हानेर ध्वस्त बनाए । अब स्कुलमा चुनाव नगरेर कहाँ गर्ने त ? त्यसैले हो एक हप्ता बिदा ।
बाबा
उपेन्द्र यादव भन्छन् : ‘मधेसको मुद्दा हिजो पनि, आज पनि र भोलि पनि उठाउनेछु । जसले गर्दा उनको बजारीकरण निरन्तर रहोस् । समाधान भए त सकिहाल्छ नि ।
जेपी गुप्ता
ठूला नेताले गर्दा हामी सानालाई तनाव । सहन पनि नसकिने, विरोध गर्न पनि नसकिने ।
सुजन ओपोजेटिभ
राउटे, चेपाङ तथा सडक बालबालिकाका लागि केही गर्छु भनेर कुनै पनि पार्टीले घोषणापत्रमा लेखेका रै’नछन् ?
ठूल्दाइ
ठीक छ, विकल्प खोजौं तर याद गरौं, खैनीको विकल्प चुरोट, चुरोटको विकल्प पराग हुँदैन ।
अनन्त कोइराला
रेल ड्राइभिङ सिक्नुपर्छ कि क्या हो, नेपालमा जताततै रेल कुद्ने भएकाले त्यसमा भविष्य उज्ज्वल देख्छु ।
हरिश शशि
हामीले त हाम्रा मेयरका उम्मेदवारलाई तपाईंहरूको क्षेत्रीय एजेन्डा के हो भनेर सोध्दै छौं । तपाईं पनि सोध्नुहोला ।
विश्वदीप
साझा बसलाई भक्तपुरसम्म पुर्याउन नसक्नेले पानीजहाज र रेलको सपना देखाउँछन्, कसरी पत्याउनु ?
अञ्जन भण्डारी
‘पखेटा हालिदिन्छु, जता मन लाग्छ उडेर जाऊ’ भनेर कसैले घोषणापत्रमा लेखेनन् ?
सरोजराज अधिकारी
हिजोसम्म उसलाई फटाहा भन्यो, चोर भन्यो । जाली र बेइमान भन्यो । ठग भन्यो, डाँका पनि भन्यो तर आज उसैलाई काका भन्यो अनि काँधमा बोकेर भोट माग्न आयो ।
नयनराज पाण्डे
जनताले चाहेको भन्दा नेताले तालमेल गरेकालाई मत दिनुपर्ने बाध्यात्मक अवस्था बनाएर ठूला दलले स्थानीय तहको निर्वाचनको उल्लास र रौनक नै झ्यास बनाए ।
शिव दाहाल
राजनीति फोहोरी खेल हो र ? कमल थापाको पार्टीलाई भोट हाल्नु थियो भने पञ्चायती व्यवस्था किन ढाल्नुपथ्र्यो । रूखमा भोट हाल्न किन जनयुद्ध लड्नुपथ्र्यो ?
सुरेश गौतम
दुई वर्षमा मोनोरेल आए, त्यसमाथि चल छैयाँ छैयाँमा नाच्न मुम्बईबाट शाहरूख खान र मलाइका अरोरा झिकाउने जिम्मा मेरो— चल एमाले ।
अनिल गिरी
मेयरका उम्मेदवार भन्छन्, स्मार्ट सिटी बनाउँछु, तर महानगरमा बगैँचा छैन ।
दीपेन्द्र सिजापति बडुवाल
राजधानीमै महिला प्रमुखको उम्मेदवारी त भएन–भएन, उपमा धरी पारिएन । ढुंगो लाग्यो मेरो दाँतमा । सन्दर्भ : तालमेल भयो कि महिला आउट ।
सुबोध प्याकुरेल
आयो निर्वाचन, ल है गरौं मतदान...निर्वाचन आयोगको सन्देश ।
जितु नेपाल
हाम्रो धर्मशास्त्रमा सूर्यलाई गाईको दूधले अघ्र्य दिनु भन्ने लेखिएको छ । त्यही धार्मिक नियम अहिलेका आधुनिक कम्युनिस्टले मानेका मात्र हुन् क्या ?
बिम्मी शर्मा
निर्वाचन एकै चरणमा गर्न हामी तयार छौं : निर्वाचन आयोग
एकै चरणमा निर्वाचन गर्न प्राविधिक समस्या छ : प्रधानमन्त्री
निर्वाचन पछाडि सारौ तर एकै चरणमा हुनुपर्छ : विपक्षी अनि मोर्चा
जेठमा रमजानको बेला निर्वाचन नगर्नु : मुस्लिम समुदाय
असार र साउनमा निर्वाचन नगर्नु : किसान
असोजमा निर्वाचन नगर्नु : दसैं मनाउने चटारो
कात्तिकमा तिहार, लोसार र छठ पर्छ : निर्वाचन नगरौं
मंसिरमा धान काट्ने बेला कताको निर्वाचन
माघ–फागुनमा हिमालमा हिउँm पर्छ, निर्वाचन एकै चरणमा हुनुपर्छ नगरौ
चैतमा सरकारको नेतृत्व परिवर्तनको समयमा निर्वाचन नगरौं
होइन, निर्वाचन हुने र गर्ने महिनाचाहिँ कुन होला ......?
शेखर ढुंगेल
अब त चुनाव भाँडिएला कि भनेर हाच्छिउँ गर्न पनि डर लाग्छ, खोक्न पनि डर लाग्छ ।
अविरल थापा
मुलुककै ठूला पार्टी भन्छौ । उम्मेदवार बन्ने ठेक्का जात र पात हेरेर दिन्छौ । मतदातालाई अबुझ ठान्यौ । तिम्रो बुद्धि यो चुनावमा चोइटिनेछ ।
महेश भण्डारी
स्थानीय चुनावमा एमाले त लिंग परिवर्तन गरेर मालेगाइ पो हुने भएछ— राजनीति ।
दीपकराज गिरी