साप्ताहिक संवाददाता
जेष्ठ ७, २०७४
‘साइँली...’ को लोकप्रियतापछि गीतकार तथा संगीतकार कालीप्रसाद बासकोटाले सिर्जना गरेको ‘तिलहरी...’ गीतको म्युजिक भिडियोले पनि दर्शकको मन जितेको छ । युट्यबुमा सार्वजनिक भएको केही दिनमै एक लाखभन्दा बढी पटक हेरिएको यो गीतमा अस्ट्ेरलियामा बसोबास गर्ने संगीतकर्मी मनीष ढकालको स्वर सुन्न सकिन्छ । सरल शब्द, सरस धुन तथा सुहाउँदो गायकी छान्न सक्ने खुवी भएका कालीप्रसादले ‘तिलहरी’ गीतमा पनि वैदेशिक रोजगारीकै कथा समातेका छन् । यो गीतको भिडियोमा विदेश जाने पक्का भएपछि उड्नुअघिको तीन दिनको कथा चित्रण गरिएको छ जसमा कामेश्वर चौरसिया तथा लक्ष्मी बर्देवाले अभिनय गरेका छन् ।