साप्ताहिक संवाददाता
बौद्धस्थित अरुणिमा उच्च माविमा पढ्दा एक जना सिनियर दाइ मन पर्थे । दुई ब्याच सिनियर । म आठ कक्षामा पढ्थें, तर मनको कुरा भन्न सकिएन । साथीहरू सबैले केटा साथी बनाएका थिए । ब्वाइफ्रेन्ड हुँदा कस्तो हुन्छ होला जस्तो लाग्थ्यो । यो कुरा मेरो मिल्ने साथी र मलाई मात्र थाहा थियो । स्कुलमा म त्यति बोल्दिनथें । बौद्धमा मेला लाग्दा धेरै पछि मैले उनलाई देखें । उनी गिटार बजाएर बसेका रै’छन् । अनुहारभरि दारी थियो । म त तर्केर भागें । बोलाउने आँटै आएन । लाज लाग्थ्यो बोल्न पनि । शिक्षकहरूले थाहा पाए भने घरमा भनिदिन्छन् भन्ने डर थियो । पछि त्यसमा पछुतो पनि लागेन ।
मलाई मन पराउनेहरूको पनि कमी थिएन । कक्षा ६ पढ्दा एक जना केटाले तिमीलाई एउटा कुरा भन्छु भन्यो । मेरो कानैमा आएर उसले ‘आई लभ यू’ भन्यो । मैले ‘आबुई, डयाडीलाई भनिदिन्छु’ भनें । म त सानै थिएँ । म उसलाई दाइ भन्थें । उसका बहिनीहरू मेरा साथी थिए । यतै काठमाडौं मै छँदाको कुरा हो यो । पछि त्यो कुरा मैले पनि बिर्सिएँ । अहिले सम्भँmदा रमाइलो लाग्छ । पुराना कुरा सम्भँmदा अहिले पो खुसी लाग्छ ।