साप्ताहिक संवाददाता
जेष्ठ १४, २०७४
माध्यमिक शिक्षाको परिक्षा दिएर बसेका छात्राहरुमा केन्द्रित प्रतियोगिता मिष्टर एसएलसी नेपाल २०१७ को उपाधिमा समिप शाही विजेता बन्न सफल भएका छन् । प्रतियोगितामा समिपले वेष्ट पर्सनालिटीको अवार्ड पनि उचाल्न सफल बनेका थिए । राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको सो प्रतियोगितामा संजिव महर्जन भिअर च्वाइस अवार्ड सहित फस्ट रनर अप तथा अमित बाबु श्रेष्ठ ट्यालेन्ट र पब्लिक च्वाइस अवार्ड सहित सेकेन्ड रनर अप विजेताका रुपमा चयन भएका थिए । युहान इन्टरनेसनल इभेन्ट्सले संचालन गरेको यो प्रतियोगितामा सुसन सुनवार वेष्ट वाक, मनोज गुरुङ फोटोजेनिक, सुसन महर्जन कन्जिनियालिटी, सुवास श्रेष्ठ म्यानेज्मेन्ट च्वाइस र कुशल न्यौपाने कन्फिडेन्ट विधातर्फका विजेताका रुपमा छनौट भएका थिए ।