साप्ताहिक संवाददाता
हामी उठ्ने छौं अभियान विश्वभरका नेपालीबीच भावनात्मक सम्बन्ध निर्माणको उद्देश्यसहित सुरुवात भएको ‘वि विल राईज फाउण्डेसन’को आयोजनामा हङकङको लायन रक कन्ट्री पार्कमा हाईकिङ सहित एभरेष्ट डे सम्पन्न भएको छ ।
यस बर्ष आयोजना भएको हाईक फर नेपालमा करिब ७ किलोमिटरको हाइकिङ आयोजना गरिएको थियो । उक्त हाइकिङमा हङकङबासी नेपाली, स्थानीय चीनियाँ, अन्य विदेशी हाईकरहरु तथा विभिन्न देशका राजदुत सहित करिब ४ सय हाईकरहरुको सहभागीता रहेको थियो । कार्यक्रमको उद्घाटन सगरमाथा आरोही अभिनेत्री निशा अधिकारी, सगरमाथा आरोही हङकङका नागरिक जोन चाङ र नेपाली महावाणिज्य दुत कमलप्रसाद भट्टराईले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
सोही साँझ नाथन रोडस्थित होटल सेराटनमा च्यारिटी डिनर आयोजना गरिएको थियो । कार्यक्रममा निशा अधिकारीले आफ्नो आरोहण अनुभव सुनाएकी थिईन । ‘वि विल राईज फाउण्डेसन’ का संस्थापक तुलसी गुरुङले फाउण्डेसन र हाईक फर नेपालबारे जानकारी दिएका थिए भने महा वाणिज्य दुत कमलप्रसाद भट्टराईले एभरेष्ट डे तथा नेपालको बारेमा प्रकाश पारेका थिए । कार्यक्रमबाट हाईक फर नेपाल तथा च्यारिटी डिनरबाट उठेका सहयोग फाउण्डेशनले नेपालका दुर्गम क्षेत्रको शिक्षा क्षेत्रको स्तरोन्नतीका लागी खर्च गरिने जनाएको छ ।
‘एक नेपाली जो जहाँ भएपनि’ भन्ने नाराका साथ हङकङबाटै सुरु भएको यो अभियान स्वदेश एवं विदेशमा रहेका नेपालीहरू बीच एक आपसमा सुमधुर साइनो कायम राख्ने माध्यम बनेको छ ।
महाभूकम्पले जन्माएको यो अभियानले पछिल्लोसमय आफ्नो दायरा फराकिलो बनाउँदै अघि बढिरहेको छ । अभियानका रुपमा सुरु भएको ‘हामी उठ्ने छौं’ हाल ‘वि विल राईज फाउण्डेसन’ का रुपमा संस्थागत भएको संस्थापक तुलसी गुरुङ बताउँछन् ।
‘नेपालका लागि सँगसँगै पाईला चालौ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा उत्साहजनक सहभागिता रहदै आएको छ । विश्व सगरमाथा दिवस मे २९ का अवसर पारी वर्षेनी यो कार्यक्रमलाई निरन्तरता दिने फाउण्डेशनले जनाएको छ ।
हाइक फर नेपाल तथा एभरेष्ट डेलाई भव्य रुपमा सफल पार्न हङकङ नेपाली महावाणिज्यदूतावास, नेपाल वायुसेवा निगम लगायत यहाँस्थित विभिन्न संघसंस्थाहरु गैरआवासीय नेपाली संघ, नेपाल च्याम्बर अफ कर्मस, नेपाली महिला संघ, हङकङ नेप्लिज् तेक्वान्दो एसोसियसन, सहारा क्लब, एचडीडी स्टुडियो लगायतका संस्थाहरु सहयोगी भूमिकामा खेलेका थिए ।