साप्ताहिक संवाददाता
नो ड्रग्स बट रक एन्ड रोल भन्नुपर्छ (र्यापर यम बुद्धलाई सम्भिँmदै) । सुसाइड टेन्डेन्सी पराजित मानसिकता ड्रग्सले बनाउने हो ।
विश्वदिप
यो सामग्री उपयोगी लाग्यो (साइन्स एन्ड टेक्नो : मोबाइलमा कसरी आउँछ भाइरस ?) । यो धेरैले भोगिरहेको समस्या हो ।
प्रमोद रेग्मी
कलाकारहरू पार्टीका गहना होइन, देशका गहना हुनुपर्ने हो (फ्रन्टपेज : पार्टीका गहना) तर हाम्रो देशमा पार्टी, नेताका कलाकार हुन्छन् । यसरी विभाजित हुनु राम्रो होइन ।
विक्रम
नेपाली समाजमा मानिसहरू आफ्नाबारे भन्दा अरूका बारेमा बढी जानकार हुन्छन् (युवा मन : हाम्रो समाज) । अरूको हार–जितको लेखाजोखा बढी गर्छन् । अरूकै चियो–चर्चा, चासो राख्नेहरू बढी छन् ।
दीपक पौडेल
क्युरेटर अशोक अग्रवालको जीवन बिन्दास रहेछ (यात्रासन्दर्भ : एक सौखिन क्युरेटर) । व्यापारमा संलग्न व्यक्तिहरू कलामा रुचि राख्ने कमै भेटिन्छन् । संरक्षण, प्रव्द्र्धनमा समर्पितहरू भेटाउन त झन् दुर्लभ नै हुन्छ ।
दीपक
अब मधेसमा पनि सबैतिर जितेर मधेस–पहाडलाई एक ढिक्का बनाउनुपर्यो (अन्तरवार्ता : तराई–मधेसमा हामी सबैलाई चकित तुल्याउँदैछौं) । देशका लागि राम्रो काम गर्नुहोला ।
एलेन एस शेर्पा, सबि गिरी
व्यवहारमा कार्यान्वयन गर्न सके त राम्रै हो (अन्तरवार्ता : तराई–मधेसमा हामी सबैलाई चकित तुल्याउँदैछौं) । भावनात्मक रूपमा जोड्ने प्रयास गर्दा राम्रो हुन्छ । सैद्धान्तिक हिसाबमा मात्र तराई–मधेस जोड्न सम्भव छैन ।
शैलेस श्रेष्ठ
यस्तो पनि सम्भव छ (साइन्स एन्ड टेक्नो : नाकबाट तीव्र गतिमा टाइप) ? पढेर अचम्म लाग्यो ।
कृष्ण पौडेल
यो अभियानमा संलग्न सबैलाई बधाई तथा शुभकामना (हङकङमा एभरेस्ट डे) । देश तथा परदेशमा यस्ता कार्यक्रमहरू भैरहनुपर्छ । स्वदेशका लागि जति सकिन्छ योगदान गरौं । गुनासो भन्दा काम गरौं ।
सुभद्रा नेपाली
अविरल थापाको लेखमा पूरै सहमत छु (मुक्त आकाश : भन्न नसकेका कुरा) । कति कुरा ढिलो मात्र महसुस हुन्छ । सम्बन्धित मानिसलाई पहिल्यै थाहा दिएको भए, बुझाएको भए यथार्थ कुरा थाहा हुन्छ । सत्यता बुझाउन सकिन्छ । असमझदारी बढ्दै गयो भने सम्बन्ध भत्कन्छ ।
मनिता राई
मिस हेरिटेज–२०१७ को उपाधि पाउनुभएकोमा अस्मि क्षेत्रीलाई बधाई (मिस हेरिटेज अस्मिलाई बधाई) । अन्य प्रतिस्पर्धामा पनि तपाईंलाई सफलता मिलोस् ।
सरिता गुरागाईं
पाको उमेरमा पनि जोस, जाँगर देखेर खुसी लाग्यो (चुनावका रोचक परिणाम) । कार्यकाल सफल रहोस् ।
राजकुमार ढुंगाना
आमाको भूमिकामा पनि प्रियंका सफल हुनेछिन् (अब आमा प्रियंका) । उनलाई जुनसुकै भूमिका पनि सुहाउँछ ।
राजन
साम्राज्ञीको व्यक्तित्व र अभिनयले सफलता मिलेको हो (ह्याटिक गर्दै साम्राज्ञी) । पहिलो चलचित्रजस्तै अन्य चलचित्रहरूमा पनि उनलाई सफलता मिल्नेछ ।
शिशिर ढुंगाना